तिमि येति बुझ छुट्टिदैमा माया मर्दैन।

Category Type: love,   Mar 13, 2019   Nirjal Dawadi (Views: 1376)

Likes: 2

प्रस्तुत कथा एक जोडी बिचको सम्बादको रुपमा लेखिएको छ।  एक प्रेमिल जोडी जो समयले गर्दा या भनौ कुनै बाध्यताले गर्दा बिछडिएका हुन्छन। यो काहानी कुनै मुना-मदन या रोमियो-जुलियटको होइन।  यो काहानी हो त्यो अधुरो भाबको, जाहा माया एकदम साचो थियो र पनि अधुरै रहयो। गुनासो त समय सग थियो। धोका दिएर गयो, जहा उ टाडिएर जानु भन्दा भुलेर जादा दुख लागेको थियो। चोखो माया लाएर पनि भेटिएन एउटै लक्ष्य कहिले, एउटा अधुरो माया अनि अधुरै हाम्रो कहानी। 

तिमि सधै भन्ने गर्थेउ - ' मेरो माया नानि देखि लागेको बानि जस्तै भैसक्यो, जुन बदल्न निकै गार्हो हुन्छ। मायामा एउटै लक्ष्य बनाउनु अनि संगै पुग्नै पर्छ भन्ने जरुरि छैन।' 
त्यतिबेला तिमीले भनेका शब्दहरुको अर्थ खोज्न तिर लागिन।  अर्थ बुझेको भए आज परिस्थिति अर्कै हुन्थो होला, सायद। अहिले आएर बुझ्दैछु। लक्ष्य, लक्ष्य को त के कुरा गर्नु तिम्रो चाहानाको कुनै एक गन्तब्य थिएन। कसरि भनौ तिमीलाई, आजपनि  तिमि एतै कतै छौ भन्ने लाग्छ, मैले लाएको माया अमर थियो कहा सजिलै मर्न सक्थियो ? म पागल आफ्नो सपना पनि तिमि सगै जोडी दिन्थे। अपरिचित थिए तिम्रो लागि त्यतिबेला तर म सदै तिम्रो साथ हुनेछु भन्ने बिस्वास दिलाएकै थिए। तर झुटा रहेछन तिम्रा ति कसम कि समयले बदल्न सक्दैन हाम्रो मायालाई टाडा भए पनि म साथ महसुस गर्ने छौ हर पल। 

याद छ तिमीलाई एकदिन मैले भनेकी थिए।  यो जिन्दगि एक यात्रा जस्तै हो, कोहि छुट्टिन्छन, कोही बदलिन्छन कहिले समय र गन्तब्यले साथ दिदैन नया सम्बन्धमा अल्झियौ भने यो न सम्झिनु कि मेरो माया मर्यो होला भनेर। 

तिमिनै भन के गरु म यो यादहरुले ठडिएको महलको जाहा सपना मिलेर सझाएका थियौ, पलमै टुक्रिएर छरिए जुन तिमीले नै देखाएको थियौ। 

सपना को के छ कुनै रात तिमि सग कुनै रात म सग। अपराधि हु म।  हो म मान्छु अपराधि हु म तिम्रो तर म के गर्न सक्थे र समयको अगाडी ? 

समय लाइ दोस नदेउ तिमि, कुरा नियतको हो। नियत राम्रो भएको भए आज हामी गर्बका साथ हिडिरहेका हुन्थेउ। 

गर्ब त मालाई आज पनि लाग्छ जब तिम्रो तस्बिर हेर्छु मुटुमा पिडा अनि ओठमा मुस्कान छाउछ। तिमि सग बिताएका बिगतका दिनहरुको पल पल याद आउछ। मेरो मायालाइ तिम्रा केहि मिठा शब्दहरुको जरुरत छैन यो त त्यो सन्तुस्टी हो पाए स्वर्ग नपाए नर्क देखाइदिन्छ। त्यो माया पनि के जस्मा पिडा नहोस ? बाध्यताले टाडा तिमि सग भए पनि पल पल तिम्रै लागि तड्पिरहेकी  थिए। 

तिमि तड्पिएको भए मेरो मायाको लागि, मेरो पिडा बुझे पछि एक चोटी मेरो खबर त सोध्न सक्थेउ। सोध्न सक्थेउ नि, के छ खबर भनेर। 

खबर सोधेर तिम्रो पिडा बढाउँन चाहिंन  मैले।  मेरो माया तिम्रो लागि कहिलै मर्ने छैन भनेर देखाउन चाहिंन। 

टाडा भए पनि कुनै दिन मेरो माया बुझेर फर्किनेछु मेरो जिबनमा भन्ने आश थियो। कसरि सम्झाउ आज यो मनलाई कि यहि यथार्थ हो। तिमीले त मुटु बाट पनि निकाली फ़्याकिसकेकी रहेछौ।  यति सम्म कि तिम्रो मुटुमा मेरो सम्झनाको लागि पनि ठाउ रहेन।

धड्कनको बिस्वास नगर एसले जति बेला पनि धोका दिन सक्छ।  मायामा समयले बिछोड त गराउछ तर यादहरु मेटाउन सक्दैन। आजपनि तिम्रो नाम सुन्दा धड्कनको रफ्तार बडी दिन्छ, तिमि येति बुझ छुट्टिदैमा माया मर्दैन। 

येसरी हाम्रो काहानी अधुरै रहयो। तर समयेले चाहे हाम्रो मिलन फेरी हुनेछ। 

अन्तमा प्रिय पाठकहरुलाई दुइ लाइन  -"मायालाई तब सम्म माया नगर जब सम्म तिम्रो मायाले तिमीलाई माया नगरोस। अनि जब तिम्रो मायाले तिमीलाई बेहद माया गर्छ नि त्यो मायालाई यति माया गर कि तिम्रो मायाले अरु कसैलाई माया नगरोस।"             

If you have any Interesting story, then share with us. Register Here

Leave a Comment Login


Mar 15, 2019
Supper!!!!!!!

About Us

Pageutter is the platform that allows users to express their views, ideas, and thoughts. It is only the place to express or share individual thoughts and passion with words. Pageutter is a stage for every individual from the professional writers t...

Read More

Terms and Conditions

By accessing this web site, you are agreeing to be bound by these web site Terms and Conditions of Use, all applicable laws and regulations, and agree that you are responsible for compliance with any applicable local laws. If users do not agree wi...

Read More