भाग्यले बाचेको मान्छेको सपनाका कथाहरु

Category Type: Politics,   Dec 21, 2017   Gopal Nami (Views: 3923)

Likes: 2

आदरणीय क. केपि शर्मा ओलि ज्यु

तिमिलाई नबरस मिलायर सम्बोधन गर्दा पनि सम्बोधनमा कमि होला त्यसैले यस युग को राजनेता मानि अभिबादन भन्न चाहन्छु ll साथै सङ्घियता , धर्म निरपेक्षेता, समाबेसिता सहितको गणतन्त्र देस नेपालमा भर्खरै सम्पन्न भएको महान चुनाबि अभियनमा सक्षम र सबल नेतृत्व लाई भोट दिएर जिताउनु हुने सम्पुर्ण मतदाता हरुलाई अनि बिजयको माला लगाउने र पराजयमा पनि सहानुभूति देखाउने सम्पुर्ण उमेदवार हरुलाई प्रभास बाट न्यानो अभिबादन टक्र्याउन चाह्न्छु ll यहाँ जित्ने हरुको मात्र ईतिहास लेखिन्छ हार्ने हरुको होइन।। जस्ले जित्छ उसैले जनताको मन जितेको हुन्छ, झुटो बोलेर त्यो सम्भब छोइन भन्ने कुरा प्रमाण ताजा जनादेस बाट प्रमाणित भै सकेको र यस महान युद्द तिमिले जितेकोमा धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु।। तिमि त अरुको उपहार बाट बाचेको मान्छे रे तर तिमि आफ्नो लागि होइन देस र जनताका लागि बाचेका रहेछौ युग लाई बदल्नको लागि र सपना नदेख्ने हरुको लागि सपना देकाउनको लागि बाचेका रहेछौ । सभ्वाबना का आधारलाई बिकासमा परिबर्तन गर्नको लागि दिवा सपना त देख्नै पर्छ ।सपना जस्ले देख्दछ त्यो नै सफल बन्दछ । सपना नदेख्ने हरु परजिबि जस्तै हुन्छन जस्ले देस लाई मात्र चुसिरहन्छन र सम्भाबना हरुलाई सामना गर्न नसकेर कुम्भकर्ण झै सुतेर सपना देखिरन्छन बास्तबमै सपना देख्न र देखाउनको लागि सबैलाई जागरुक गरायकोमा यस्मा हामी नेपालिले तिमिलाई गर्भ गर्नै पर्छ्।सधै असत्य र लुटतन्त्रको खेती गर्नेहरुलाई सत्य अलि तितोनै हुदो रहेछ,अनि सधै कछुवाको गतिमा हिड्न बानी परेका हामी जनता अब बिकास र सम्बृधिको को लागि हात्तिझै लम्कनु पर्छ भन्ने आवाज कतै बाट कानमा गुन्जिदापनी अनौठो लाग्दो रहेछ l

सधै राजनितिले बिकासलाई दबाएर अस्थब्यस्थ र अस्थिरतामा राखेको देसमा रेल कुदाउने, महासागरमा नेपालि ध्वाजाबाह्क जहाज चलाउने, अध्यारो नेपाललाई उज्यालो बनाउने, भारत परस्त राजनितिलाई नेपाल परस्त हुनुपर्छ भन्ने, अशिक्षा गरिबि र बेरोजगार को समस्यालाई समाधान गर्नु पर्छ भन्दा, भुगोल सानो ठुलो भएपनि सबै देसको सार्भभौम अधिकार समान हुन्छ भन्दा, आफ्नै देसको स्वतन्त्रतामा आफ्नै स्वाभिमान र रास्ट्रीयताको कुरा गर्दा, पारबहन आफ्नो इच्क्षा अनुसार हो भन्नु र बाहिरि ह्स्तक्षेप स्विकार्य हुदैन भन्दै गर्दा अनि देसलाई सम्बृद बनाउनु पर्छ भन्ने नारा कसैले घन्काउन नसकिरहेको अबस्थामा केपि ओलिले यस्लाई दुरदर्सि भै सपना देखेर अघि बढ्दा यहा यसैलाई खोक्रो रास्ट्रबाद छुट्टै अधिनायकबाद ल्याउन खोज्यो भनेर हावादारी गफ हो भनि प्रोपोकाण्ड मच्चाउनेको जमातले केपि ओलि लाई पागलझै परिभाशित गर्न पुगे र भने केपि ओलि पागल हुन हावा हुन l तर उनी न पागल थिय न त हावानै,उनी त थिय एक दुरदर्शि, युगान्तकारी, सत्यबादी नेता।पृथ्वीले सुर्यलाई परिक्रमा गर्दछ भन्दा पनि पाईथल गोरसलाई पागल मात्र भनियन महामुर्ख सम्म भनियो,तर पाईथल गोरस सत्य थिय पछि यो कुरा प्रमाणित भएपछि ति मुर्ख भन्ने महासयहरु नै महामुर्ख साबित भएका थिय।। सत्यलाई ओझेलमा पार्नको लागि असत्यका ठुला ठुला चुनौति हरुलाई सामना गर्नै पछ , तबमात्र सत्यको जित हुने गर्छ्।। साच्चिनै केपि ओलि हावा हुन तर उनी हुरि बतास होइनन् उनी यस्तो हावा हुन कि नेपाली जनताको नेपालको लागि सम्बृधिको देस बनाएर बिश्व सामु चिनाउने हावा हुन।दुरदर्शी नेता जस्तोसुकै कठिन परिस्थितिमा पनि दुरदर्सीनै हुन्छ्न ।। दुरदर्सी नेताका सपना आसाहरु पनि समुन्द्र जस्तै हुन्छ्न जुन कहिल्लै रितिदैनन त्यसैले क. अब छिमेकीले के भन्छ क-कस्ले सहानुभूति देखाए भन्ने भुलेर ढुक्क सग आफ्ना सपनाहरु पूरा गर्न तिर गर्न तिर लाग्नुहोस, साथ र सहयोग दिनेको लागि नेपाली हरु तयार छन।।अब हिजो बिकासे नारा र खोक्रो रास्ट्रबाद अनि दिवा सपना भन्नेहरुलाई सम्बृधीले हसाउनु पर्छ र अस्थिरतामा सुतेका कुम्भकर्ण हरुलाई सपना देखाउनको लागि अग्रसर गराउनु पर्छ।।अर्को उखान टुक्का ले देस बन्दैन भन्ने हरुलाई बाम एकताको २ तिहाई नजिकैको छायामा पारेर ५ बर्ष सम्म स्थिरता र सुसासनले झस्काईरहनु पर्छ ।उखान टुक्का नै नेपाली सब्दकोसको त्यो पर्याबाची शब्द हो जस्को माध्यम बाट सम्पुर्ण समूह र भुगोल लाई सटिक रुपमा बुझाउन सकिन्छ यसैलाई उपयुत्त र सान्दर्भिक तरिकाले आजसम्म कुन नेता कहाँ यस्को प्रयोग गर्यो र ?? यदि गगनको कौवा स्टाईल र सेर बहादुरको जस्तो सुगा रटान जस्तो त्यही भाषण कला स्टाईलको प्रयोग गरेर अधिनायकवादको मात्र नारा घन्काएको भए आज कहाँ बाट यति ठूलो जनमत आउथ्यो होला र ?? जस्तो काम त्यस्तो परिणाम भनेझै सबैको नतिजा पनि त्यस्तै छ यदि कर्म राम्रो गरेको छोइन भने मै हु भन्ने पनि लड्दो रहेछ यो उखान आज म काङ्ग्रेस लाई नै समर्पित गराउन चाहन्छु।।

यसपाली काङ्ग्रेस लाई कसैले लडाको होइन आफ्नै कारणले गर्दा कमजोर भाको हो।देसमा काङ्ग्रेस ले किन यति ठूलो हार बेहोर्यो भनेर बहस चलिरहदा म त भन्छु काङ्ग्रेस ले यसपाली पनि जित्यो,किनकी बिगतको राजनितीक घटनाक्रमलाई हेर्दा कम्युनिस्ट हरुको एकतामा जनताहरु अझै सम्म पनि अलमलमै थिए र दोधरै दोधारका बाबजुत पनि एकतानै गरिहाल्छन कि भन्ने आश्वासनकै भरमा जनताले बिश्वास गरेर भोट दिदा त यो हालत छ सबैको ।।यदि साच्चिनै पाटी एकिकरणनै गरेर गएको भय के हालत हुन्थ्यो भनेर काङ्ग्रेसले बुझ्नु जरुरी छ र यहि नतिजामा चित्त बुझाएर बस्नु उत्तम हुनेछ,धेरै जोगि मठ उजाड भनेझै भएको छ काङ्ग्रेस यसपालि यो उखान पनि काङ्ग्रेस लाई नै समर्पित गर्न चाहन्छु ।बास्तबमै गगन तिमिले चुनाब जित्यौ तर तिम्रो राजनीतिले हार्दैछ कारण तिम्रा आफ्ना सिर्स नेताहरुको गलत निर्णयका कारणले बिश्वप्रकास,प्रदिप जस्ता तिम्रो पुस्ताले आज सजाए भोग्दैछौ।यस्लाई चिरेर अघि बढ्न न तिमी पाटी भन्दा माथी उठेर बोल्न सक्छौ नत काङ्ग्रेस नै पाटी भन्दा देस राष्ट्रिएता र स्वाभिमान ठुलो हो भनेर बोल्न सक्छ।काङ्ग्रेसले रुख चिन्ह लिएर रास्ट्रीएता,प्रजातन्त्र र समाजबादको नारा लगाएर चुनाब लडेपनी सफल हुन सकेन किनकी त्यो सिद्धान्तमा मात्र रह्यो ब्यबहारमा चाहिँ अराजकता र लुटतन्तले राज गरिराकेको सबै जनतालाई जानकार नै छ।रुख आफैमा नराम्रो होइन र छोइन पनि तर सिद्दान्तले सुकेको रुख जतिको पनि विशेसता नभएकाले गर्दा अनि के पि ओलि प्रधानमन्त्री हुदा २५ प्रतिसत तलब र बृध भत्ता दोब्बर बनाउदा देसले धान्न सक्दैन भनेर रुवाबासी गर्ने यी यस्तै जनतालाई भ्रमको खेती छरेर सफल हुन नसकेको कारणले गर्दा पराजय हुन पुग्यो।अब काङ्ग्रेस भुल गर्नु पनि ज्ञान प्राप्त गर्नु हो भनी जनताले जनमत बाट सिकाएको सबक सिक्ने छ भन्ने पुर्ण बिश्वास लिएको छु ।।

अर्को तर्फ बाम गठबन्धनले २ तिहाईको नजिक पुग्नाटेको अबसरमा काठमाडौ बाट पराजित बिबेकशिल साझामा संयोजक रबिन्द्र मिश्रले अब देसमा सम्बृधी हेरेरै मर्ने हो भनेर भन्नुभयो सच्चिनै सहि भन्नू भयो तपाईलाई धन्यवाद भन्न चाह्न्छु। हो साच्चिनै अब देसमा सम्बृधी हेरेरै मर्ने हो तर बिबेकशिल साझा र नया सक्त्तिले पाटिले सम्बृध देस बनाउने बनाएको होइन र त्यो आस गर्नु भयो भने तपाईको नातिले पनि हेर्न पाउने छोइनन त्यसैले अब कम्युनिस्टले बनायको बिकास हेर्नू होला। सत्तामा पुगेर देसको बिकास गर्छु भन्नू भन्दा पहिला ३ प्रतिसत थ्रेसहोल्डको मापदण्ड पूरा गरेर रास्ट्रीय पाटी बनेर आउनु होला। जाबो ३ प्रतिशत थ्रेस होल्डको मापदण्ड कटाउन नसक्नेले के को देस बिकासको नारा घन्काईराख्नु रबिन्द्र र बाबुराम जि ।।तपाईले भनेजस्तो सुसासन र स्थिरता राख्ने कुरामा न माओवादी पछि हट्यो न त एमाले पछि हट्यो ,पछि त्यो पाटी हट्यो जस्ले बर्सौ सम्म आफुलाई प्रजान्तत्रको मसिया हु भन्दै देसका ३ दर्जन उध्योग लाई निजीकरणको नाममा देसलाईनै अस्थब्यस्थ बनाएर लुटतन्त्र मच्चाईराख्यो । बिश्वका धेरै देसहरु नेपाल जस्तै धरातबाट समृध बनिसकेका छ्न l जस्तो सिङ्गापुर लाई लिक बान यु, मलेसियालाई माथिर महमत त्यस्तै दक्षिण कोरियालाई पार्ट चनङहि ले समृध् बनाएका थिय्। अब नेपाल पनि त्यसै गरि अघि बढ्नेछ र बिश्वका नागरिकहरुले कबिता बनाएर नेपालको उदाहरण दिने छ भन्ने मा हामि बिस्वस्त छौ। आज यो जनमत स्थाहि सरकार, दिगो बिकास, सुसासन र छिमेकि हस्तक्षेप लाई दबाएर बिकासको बाटो तयार गर्न को लागि तयार भएको हो । अब चाडैनै क. केपि ओलि तिमि जनताको मन जितेर आएको प्रधानमन्त्री भैरहदा, यो जित कम्युनिष्ट हरुको र नेपालि जनताको मात्र जित भै रहेको छोइन्। यहा सगरमाथाको जित भै रहेको छ, गौतम बुद्दको जित भै रहेको छ साथै बिश्वभर गौरबसालि इतिहास बनाईसकेका सम्पुर्ण गोर्खालिहरुको समेत जित भएको महसुस भै रहेक छ्। हामि यसै जित मार्फत बिश्वसामु थप उचाईमा पुगिसकेका छौ।

अनि प्रचण्ड , तिमिले जनयुद्दमा जनतालाई हानेको बुलेटको जवाफलाई भुलेर त्यहि जनताले आज फेरि तिमिलाई नै बिश्वास गरेर देस बनाउनेछौ भन्ने सन्कल्प सहित ब्यालेट मार्फत जनमत दिएका छन्। जसरि हिजो चुनाबि अभियानमा कम्युनिस्टहरु एक आपसमा जुटे अब त्यसरिनै पाटि एकिकरण गरेर जानेछौ अनि कसैको बुई चडेर आफ्ना सारथि हरुको गठबन्धन टुटाएर प्रधानमन्त्रीको चलखेल र आलोपालो सरकार बनाउने दुस प्रयास गर्ने छोइनौ र जनताको अभिमतको अभिभारा पुरा गर्नेछौ भन्ने पुर्ण आसा लिएको छु ।

अन्त्यमा, 
Electont of the HERO २०७४ का नायक क. केपि ओलि र जनयुद्दका नायक क. प्रचण्ड तिमिहरु दुबै जना महान छौ तर अब मुर्ख नबन्नु। तिमिहरु युगले खोजेका युग पुरुस हौ युगलाई चिनाउने र त्यहि युगले फेरि तिमिहरुलाई नै चिन्ने बिर योद्दाहरु पनि हुनेछौ। अहिले कम्युनिष्ट एकताको बहुमत देखेर छिमेकमा घण्टि बजिसकेको छ तर नआत्तिनु धौर्य भएर अघि बढ्नु । छिमेकिले उता घण्टि बजाउदै गर्छ हामि यता गौरबपुर्ण योजनाहरु लाई सिलान्यास गर्दै अघि बढ्नुपर्छ्। बाम एकतालाई जुटाउने मजबुत बनाउने भन्दा पनि फुटाउन लाग्ने हरु धेरै छन यस्मा सजक बनेर कसैको Yes मेन नबनिकन आन्तरिक गुठमा नअल्झिकन , पद , कुर्सि र सत्तामोहलाई त्यागेर जनमतलाई सिरोपर राखि यो परिक्षाको घडिलाई पार गराउनु ।विसेस गरेर रास्ट्रका पहरेदार सिपाहिहरुको सेवा सुबिधामा धेरैनै ध्यान दिनु । देसका सबै ठुलासाना कर्मचारिलाई भेदभाब नगरि समान रुपले हेर्नु तिमिहरुले ल्याउन खोजेको समाजवाद र समाबेसिता यहि बाट परिभासित गरेर देखाउनु ।। देसमा दलित र आदिबासि हरुको भन्दा गरिब बर्गको उत्थानमा बिसेस ध्यान दिनु । अब ५ बर्ष यसरि बिकास गर्नु कि त्यतिबेलाको बिजय जुलुसमा चुच्चो परेको रेलमा चडेर पुर्वको जुलुसमा पश्चिमका , पश्चिमको जुलुसमा पुर्वका अनि हिमालको बिजयमा तराईका र तराईको जुलुसमा हिमालका नागरिक हरु एक आपसमा भेटघाट भएर खुसि साटासाट गर्न पाईयोस । जादाजादै हामि जस्ता लाखौ लाख बिदेसियका युवाहरुलाई नेपालमै भित्र्याउने र मेनपावर सुकाउने तिम्रो त्यो सपना चाडै पुरा होस । बिदेसिएका युवाको नोट मात्र होइन भोट पनि चल्ने ब्याबस्था मिलाउदै गर्नु ।

If you have any Interesting story, then share with us. Register Here

Leave a Comment Login


Dipesh Sundas Dec 22, 2017
The dream is the illusion, hope we won't get those illusion. Will love to have in reality.

Amigo bhattarai Jan 26, 2018
Am i the only one, who love this story?

About Us

Pageutter is the platform that allows users to express their views, ideas, and thoughts. It is only the place to express or share individual thoughts and passion with words. Pageutter is a stage for every individual from the professional writers t...

Read More

Terms and Conditions

By accessing this web site, you are agreeing to be bound by these web site Terms and Conditions of Use, all applicable laws and regulations, and agree that you are responsible for compliance with any applicable local laws. If users do not agree wi...

Read More