ओशिन संग एक दिन

Category Type: Article,   Aug 22, 2018   Alien (एलियन) (Views: 1492)

Likes: 0

रातभर सुत्न सकिन ।

उनीसंग कसरी बोल्ने, आफुलाई कसरी उनिसमक्ष प्रस्तुत गर्ने रिहर्सल गर्दा गर्दै बिहान को २ बजिसकेको थियो । उनको सामु पेस गर्न आफ्नो गतिलो अनुहार त छदै थिएन, जे थियो त्यसमा थोरै ताजगी देखियोस भन्ने सोचाइ ले एकछिन सुत्ने निर्णय गरें, कोसिस असफल रह्यो । उनि आफै बिहान १० बजे सम्म सुत्दछिन, यहा मेरो निन्द्रा हराएको उनलाई अन्दाज सम्म नहुदो हो । यो संसार मै सायद मलाइ सबै भन्दा सुन्दर लाग्ने नारि संग म भोलि औपचारिक रुप मा भेट्न जाँदै थिएँ । हँसिली, फरासिली, सुन्दर व्यक्तित्व कि धनि, एक कुशल भि.जे, खाना कि सौखिन, क्युटेस्ट एमंग अल - मेरो क्रस ओशिन सिटौला । 'फ्यान अफ द विक' को उपाधि जित्दै म उनको टेलिभिजन कार्यक्रम मा अतिथि बन्न गैरहेको थिएँ । तर भेट्ने बितिक्कै म उनको यो गलतफ़ेहमि हटाउने बारे सोच्दै थिएँ, ओशिन म तिम्रो फ्यान अफ द विक हैन - विक, मन्थ, इयर, डिकेड अझ भन्नु पर्दा म त तिम्रो फरेभर फ्यान हुँ ।
 

म २ बजे उनको कार्यक्रम मा पुगें । सुतिंग २:३० बजे सुरु हुने तरखर मा थियो । उनि जब तयार भएर निस्कियिन पुरा सेट भरि बहार छाएको महसूस गरें मैले । कत्ति भाग्यमानी उनका ति सहकर्मी हरु, जो हरेक दिन यस सुन्दर व्यक्तित्व संग रहेर काम गर्ने मौका पाएका छन् । उनि संग को एक साक्षात्कार नै जीवन को सबै भन्दा ठुलो उपलब्धि जस्तो लाग्ने मलाइ त्यस बखत उनको सहकर्मी हरु देखि जलन भयो । हात मा रेड रोज को बूके सहित म आफ्नो ओजन लाइ काउच मा बिसाइरहेको थिएँ, कसैले म तिर इसारा गर्दै उनलाई भनिदियो "आज को गेस्ट उहा नै हुनुहुन्छ" । उनि मन्द मुस्कान का साथ् मेरो सामु आइन, मेरो रातभर को मेहेनत अनि रिहर्सल हावा मा बिलाइगयो ।
 

"हाइ, थ्यांक यु फर कमिंग", उनले आफ्नो दुइ हात का पन्जा लाइ एक आपस मा कस्दै मलाइ स्वागत गरिन ।
म अन्यौल मा थिएँ, अब मैले कस्तो Gesture दिने? अनि सम्हालिदै उभिएर, यो आफ्नो अहोभाग्य रहेको कुरा उनलाई बताएँ । 
"यो मेरो लागी?", मेरो हात को फूल देखाउदै उनले सोधिन ।
आफ्नो मुर्खता देखि सरम मान्दै मैले उनलाई फूल को गुच्छा दिएँ, उनले स्विकारिन । थपें - "सरि" ।
उही मन्द मुस्कान सहित उनले भनिन - "इट्स ओके" ।
एक पल को लागी उनि पछाडी फ़र्किदिए मलाई जमीन मा ढल्न मन थियो, तर त्यसो हुन सकेन ।
"प्रोग्राम विल बि स्टार्टेद भेरी सर्ट'ली, प्लिज प्रिपेर हुनुहोस न है", उनले भनिन ।
"म तयार नै छु", मैले बताएँ ।
"पर्फेक्ट", उनले जवाफ दिईन । जसै उनि हिड्न लागेकी थिईन म भित्र को दुस्साहस बोल्यो - "ओशिन, म तिम्रो फ्यान अफ द विक हैन" ।
"सरि?" उनि बोलिन ।
"आइ मिन, म तिम्रो फ्यान फरेभर । आइ मिन...." ।
उनि बडो जोडले हासिन, सेट भरि का सबैले हामी तिर हेरे । पानी मा गयो मेरो पहिलो इम्प्रेसन, आशा गरें उनले मेरो आशय बुझिन होली ।
एक त हतोत्साहित आधा वाक्य, त्यसमाथि मैले तिमी भनेर गरेको सम्बोधन । म पढ्न सक्थें उनको सोचाइ, "करियर को सबै भन्दा ओर्स्त इण्टरभिउ जस्त अवाउत टु बिगिन", सायद उनि यहि सोच्दै थिईन ।
 

कार्यक्रम सुरु भयो, 
"स्वागत छ तपाईं लाइ कार्यक्रम मा", उनि बोलिन ।
"धन्यवाद", मैले भनें ।
"पहिले त यो भन्नुहोस हाउ डु यु फिल बिंग हियर, यु टोल्ड मि यु आर नट रेल्ली माइ फ्यान", उनले सोधिन ।
हे भौमान, यिनले साचिक्कै मेरो आशय बुझिनछिन । मैले भन्न खोजेको कुरा उनलाई प्रस्ट पारे पछि फेरी एकछिन हासो को गुञ्जन घन्कियो सेट मा ।
अनि त्यसपछि सोधिन, "एण्ड व्हात डु यु डु फर योर लिभिङ्ग?"
मुख बाट फुत्कियो, "आइ वाच योर प्रोग्राम्स"।
"आर यु त्राइङ्ग टु फ्लर्ट विद मि?", उनले एकदम मिठो हास्दै सोधिन मानौ उनि संग फ्लर्ट गर्न मा केहि समस्या छैन ।
"आइ एम नट त्राइङ्ग, आइ एम एक्चुअलि फ़्लर्टिङ्ग राइट नाउ", मैले भनें । उनको फेरी उही मिठो हाँसो ।
सायद उनको कार्यक्रम हेर्ने हरुले बुझछन होला, उनि हरेक कुरा लाइ कति मन्द मुस्कान, अनि हासो का साथ् ग्रहण गर्ने गर्दछिन भन्ने वारे । यो उनको अर्को एक बिशेसता थियो, उनि माथी मेरो रुचि बढ्दै जानु को ।
अनि बिस्तारै म माहोल मा भिज्दै गएँ, मेरो रिहर्सल ले सहयोग गर्दै गयो ।
मैले उनकै सामु रही उनको सुन्दरता को बर्णन गरिरहें जसरि एक भक्त ले मन्दिर को सामु बसी भगवान को महिमा गाउने गर्दछन।
 

कार्यक्रम को शुत पछि हामी लबी मा गयौं, हामी भन्नाले उनि अनि म । 
"यो भन्दा वर्स्त इण्टरभिउ पहिले कहिल्यै लिएकी थियौ?", मैले सोधें ।
"इत वाज फन, ट्रस्ट मी", उनीले भनिन । लाग्यो यसो भन्नु त उनको कर्तब्य थियो, तर उनको जवाफ सिट सहमत भने हुन सकिन ।
"मैले तिमीलाई तिमी भनेर सम्बोधन गरें, केहि समस्या त छैन नि?", मैले फेरी सोधें ।
"इत साउन्ड्स अन-इउजल, तर समस्या चाहिं केहि छैन", उनले भनिन । 
"एक्चुअलि आइ एम बिट ओल्डर डेन यु, त्यसैले तिमी भनेर सम्बोधन गरें". मैले सफाई दिएँ ।
"नो प्रोब्लम", उनले भनिन । थपिन, "के लिनु हुन्छ?" 
"आइ थिङ्क हामी दुवै को फेभरेट ड्रिंक - स्त्रंग ब्ल्याक कफी", मैले भनें ।
"ओ माइ गड यु नो सो मच अबाउट मी", उनले भनिन । 
"अ लट", यति भन्दै म मुस्कुराई दिएँ ।
"मलाइ तिम्रो अटोग्राफ देउ न", मैले ओशिन लाइ पेन दिदै आग्रह गरें । 
"पेपर खै त?" उनि सोध्दै थिईन, मैले मेरो कमिज को दुइ ओटा बटन खोल्दै छाती थापें । उनले लजाउदै मेरो छाती मा अटोग्राफ दिईन, मैले त्यसलाई ट्याटु मा बदल्ने सोच बनाएँ ।
 

एकछिन मा एक वेटर २ कप कफी का साथ् हामी तिर आइरहेको देखें ।
 

"बाबु कफी", मैले ममी को आवाज सुनें । मेरो सामु अझै क्युट ओशिन नै थिईन । वरपर हेरें, ममी लाइ कतै देखिन ।
फेरी आवाज आयो, "बाबु कफी ल्याएको, ढोका खोल त" ।
मेरो सामु बाट ओशिन बिलाउदै गईन । म झल्यांश बिउंझिए ..... सपना पो रहेछ ।

If you have any Interesting story, then share with us. Register Here

Leave a Comment Login


About Us

Pageutter is the platform that allows users to express their views, ideas, and thoughts. It is only the place to express or share individual thoughts and passion with words. Pageutter is a stage for every individual from the professional writers t...

Read More

Terms and Conditions

By accessing this web site, you are agreeing to be bound by these web site Terms and Conditions of Use, all applicable laws and regulations, and agree that you are responsible for compliance with any applicable local laws. If users do not agree wi...

Read More