Likes: 0
धेरैले पढेका छन् , के तिमि पनि पढ्छौ मेरो लेखहरु ? तिम्रै सम्झनाले रंगिएका हुन्छन मेरो फेसबुकको भित्ताहरु। सिदै तिम्रो नाम लिन्न म, तिमीलाई थाहा छ मेरो बानि। तिम्रो प्रसंसामा एस्तो शब्द खर्चिंछु की पढ्ने वालाहरुको जिज्ञासा बढ्दै जान्छ रे तिमीलाई जान्ने, बुझ्ने। सोच्छन होला कोहि एती राम्रो कसरि हुन सक्छन कि उसको प्रसंसागर्दा शब्दहरु नै सिद्दिदैन, त्यै बिषेस एक को लागि । तिम्रो एक झलक हेर्न चाहान्छन या केहि आकार त कोरी सके होलान अहिले सम्म। तिम्रो बारेमा सबै त भनि सके त्यैपनि नाम सोधी राख्छन्। तिमीलाई भेट्नु अघि पनि धेरै लेख्थे तर आफैलाई चित्त बुझ्दैन थियो किन कि म सोचेर, कल्पना गरेर लेख्थे। तिमीलाई भेटे देखि मेरा शब्दहरुले अर्थ पाएका छन्। अब आखामा तिम्रो तस्बिर हरपल छाइरहनछ। तिमि एकचोटी मुस्कुराएर त हेर पुरा कबिता आफै कोरिन्छ। मेरो हरेक कथामा जब तिम्रो चर्चा हुन्छ, पाठकहरु पनि सोच्न थाल्छन्. केहि त खास छ तिमीमा। तिमि लजाउदा देखि रिसले फंकिदा अनि फेरी फ़काउदा सम्मको हरेक पलहरु कैद छन् मेरो पाना हरुमा, त्यो बड्दो धड्कन अनि तिम्रो मेरो काहानी। तिम्रो तस्बिर एस्तो बनाउनुछ कि सबको मन मुटु अनि दिमाकमा बस्नेछौ। मेरो त छोड्देउ अरुको सपनामा पनि छाउनेछौ। म तिम्रै बारे लेख्छु। लेखि नै रहन्छु कि एकदिन सारा संसारले पढोस। अहिले लाइ सुरक्षित राख्छु तिम्रो पहिचान, चर्चा तिम्रो बेनाम चलिरहोस। कसैले भाग्यमानि कसैले अभागी जे सोचे पनि म लेखि रहन्छु। मेरो हरेक स्ट्याटस तिमि मै समर्पित हुन्छ र भैरहनेछ रत सबैको मनमा उत्सुकता जाग्दो रैछ। अनि आउछ म्यासेज, इनबक्समा "कसलाई डेडिकेट ?" रिप्लाइमा ठुलो स्माइलि पठाउछु आफ्नो सबै भावनाहरु लुकाई।
If you have any Interesting story, then share with us. Register Here
Pageutter is the platform that allows users to express their views, ideas, and thoughts. It is only the place to express or share individual thoughts and passion with words. Pageutter is a stage for every individual from the professional writers t...
Read MoreBy accessing this web site, you are agreeing to be bound by these web site Terms and Conditions of Use, all applicable laws and regulations, and agree that you are responsible for compliance with any applicable local laws. If users do not agree wi...
Read More
Leave a Comment Login