होली : रंग

Category Type: Article,   Mar 20, 2019   Cmran Ledgis (Views: 929)

Likes: 2

Holi - "Medley Of Colours".

होली , प्रेम अनि नयाँपन सहित लगाइने रंगको उत्सव ।
विशेष नेपालीहरुमा न्यानो आदर्श , हर्ष, आफ्मोपनको जगेर्ना गर्ने चाड ,हरेक चैत्रको पुर्णिामा मनाईन्छ येसैले येस्लाई फागु पुर्णिामा पनि भनिन्छ । वास्तविक जीवनमा रंगको महत्त्व सिर्जाउने दिन हो होली ।

भनिन्छ रङले रंगाउँछ - कसैको जीवन , कसैको दिन कसैको घर , कसैको सिउँदो , कसैको आत्मा , कसैको इच्छाशक्ति, कसैको रुखोपन ,कसैको घृणा र कसैको बैमनस्येता । रङको प्रकार भिन्न हुनसक्छ , रंगाउने तरिका फरक हुनसक्छ , रङगाउनेको उदेश्य भिन्न होला तर यसले परिवर्तन निम्त्याउछ् ,कसैको जीवनमा बसन्तको बहार ल्याउछ् त कसैमा शरदऋतु झै चिसोपन ।

रङ्लाई दुइचार शब्दमा बर्णन गर्न मुस्किल होला बास्तबमा यो आफैमा ब्याख्याहिन छ।
येदि एउटा बिबाहित नारीले सिउँदोमा लगाये सिन्दुर त
भगवानको पाउमा चढाए अबिर । दाजुबहिनी को प्रेम र रक्षास्वरुप सम्बन्धको एक अमर र अनमोल सप्तरङी टिका।आकाशमा देखिने मौसमी सुर्यको किरणलाई तितरबितर पार्दै छरिएर देखिने प्रतिबिम्ब स्वरुप इन्द्रेणी। परिवार, साथिहरु, प्रेमीप्रेमिका र हरेक सजिब वा निर्जीव बीचको माया पनि रंगसमान हुन्छ , राम्रो सफल साथ चल्न सके पुर्णिामाको चन्द्रमा झै सेतो चम्किलो बन्दैजान्छ अपवाद: कालो अौँसीको रात। सुखदुःख को छायांकन गर्ने हरेक दिन पनि रङमय छ । एउटा प्रेमीको मुहारबाट निस्किएको हरेक शब्दमा पनि रंगसमान तरङ्गको लहर महशुस गर्न सकिन्छ।
आकर्षण बुट्टाकोरेर जतिनै ठुलो महल ठराएपनि रङ्बिना त त्यो महल सधै अपुर्ण रहन्छ ।

"तेजस्वी हेराई रंगिन हुन्छ " यसर्थ - रङबिनाको हेराई त अन्धो मानिसको हेराई भन्दापनि अर्थहीन मान्नसकिन्छ ।

उदाउँदो सुर्यदेखी अस्ताउँदो सुर्यसम्म रंगिनपन देख्नसकिन्छ । यो ब्राह्मण स्वरुप पृथ्वी आफैमा रंगीचंगी प्राकृतिक विभिन्नताले पुर्ण छ ।
येसर्थ हाम्रो जीवनलाई रंगले पूर्णता दिने हुँदा जीवनलाई रंगिन बनाउनुपर्छ अनिमात्र हामी खुशी ,सुखी र आनन्दसंग जीवन यापन गर्न सक्छौ।
र म के भन्न चाहान्छु भने हरेक पल, घडी , र दिन आफैमा रंगिन हुन्छ भने येस्को असर बुझाईमा भिन्न छ - होली, रिसरागलाई त्यागेर आत्मीयता,सद्भभावनासहित आपसी सम्बन्धलाई रंगिन बनाउँदै दृढताका साथ उत्साह र उमंग कायम राख्दै मनाउनु नै हाम्रो नैतिकताको सफल उदाहरण पनि हो ।

I Wish You All The Most Colorful Holi.
Let This Festival Burn All Negativity And Bring Positivity In Life.
Celebrate With Vibrant Colours.

If you have any Interesting story, then share with us. Register Here

Leave a Comment Login


About Us

Pageutter is the platform that allows users to express their views, ideas, and thoughts. It is only the place to express or share individual thoughts and passion with words. Pageutter is a stage for every individual from the professional writers t...

Read More

Terms and Conditions

By accessing this web site, you are agreeing to be bound by these web site Terms and Conditions of Use, all applicable laws and regulations, and agree that you are responsible for compliance with any applicable local laws. If users do not agree wi...

Read More