प्रिय नितु

Category Type: love,   Dec 18, 2018   Gopal khadka (Views: 917)

Likes: 0

प्रिय नितु,

छरपस्ट मन आज बहकिएर भावनाको चंगा उडिरहेको छ । दंग छु तिम्रो सृस्ति अनौठो, फरक देख्छु । मुटुको सिंहासनमा आसिन छौ । शरीरको हर जग्गा नशामा तिम्रो सम्झना कुदिरहेको छ । स्मृतिले तिम्रो मुहार मेरो सामु हँसिरहन्छ । चेहेरामा रंग थप्ने ठाउँ छैन । पूर्ण छौ । सन्तुस्ट छु । केवल खाली छ त तिम्रो सिउदो ।

अझ खाली मुटु, खाली पेज । सोचछु लेख्ने कसले? देख्ने हजार होलान । तिम्रो सामु शरण पर्लान । तिम्रो निम्ति मर्छु भन्लान । आकाशका तारा झार्छु भन्लान । दोष न तिनीहरुको न तिम्रो? कलाले भरिएको आकर्षणमा लोभिनु स्वाभाविक हो आज त्यहि लाइनमा उभिनु मेरो पनि लभ हो या लोभ हो । कहिले काही टोलाउछु, धेरै चोटी सपनीमा बोलाउछु ।

उत्तर तिम्रो मुस्कान टुप्लुक्क स्मृतिमा दर्पण भएर आउछ । सपनीमा निन्द्रा सजाउछ । विपनीमा सम्झना लजाउछ । मनमा घन्टी बजाउछ । कहिले रुवाऊछ त कहिले हसाउछ । हो म पागल भए, घायल भए । अव म आफैलाई समट्ने आँट छैन । तिम्रो समिपमा मेरो भावना पोख्ने वात छैन । मनको कुरो अक्षरले बोल्न सक्छु । वचन मुखले खोल्न सक्दिन । चाहना रोक्न सक्दिन । विस्फोट होला मुटुमा भावना अनि चाहना बाधेर राखे ।

ओइलेर जाला फुलपनी साचेर राखे । ढल्की जाला वैंस कुरेर बसे । अनि पराइ आई टिपी जाला । भविष्यमा पछुताएर रुनुपर्ला । दिनहु आसु झर्ला । सम्झी एउटा भूल मैले गरे, एउटा मनमा फुलेको कमल फूल झारे मनकै वगैंचामा । फेरि न उम्रिने र न फुल्ने गरि । बाझो मन, सधै बाझो हुने गरि । त्यसैले जीवनको पहिलो पत्र, प्रेम पत्र समर्पण गरे । नम्र अनुरोध विन्ती गर्छु सोची सम्झी विवेकको निर्णयमा पुग । आशा अनि विश्वाश तिम्रो खाली मुटुमा मेरो नाम लेख्ने अवसर सुम्प।

उही तिम्रो प्रेमी
प्रयास खड्का, खाडीमुलुक

If you have any Interesting story, then share with us. Register Here

Leave a Comment Login


About Us

Pageutter is the platform that allows users to express their views, ideas, and thoughts. It is only the place to express or share individual thoughts and passion with words. Pageutter is a stage for every individual from the professional writers t...

Read More

Terms and Conditions

By accessing this web site, you are agreeing to be bound by these web site Terms and Conditions of Use, all applicable laws and regulations, and agree that you are responsible for compliance with any applicable local laws. If users do not agree wi...

Read More