Likes: 0
जन्माउनु पर्ने कुरा नजन्मिएपछी
विचारको भुइचालोले
कति हल्लाउला मथिङ्गल
नजन्माउनेहरुको ?
राष्ट्रिय मुटु बोकाएर ढाकरमा
समयले सगरको शिरतर्फ दोहोर्याउदै गरेको
भरिया दाइको टुक्यौली सुस्केराले
छट्पटाउलान कि रमाउलान ढाकर भित्रका मुटुहरु ?
सवालको गुणमा खोल्लिएका जवाफिला अन्डाहरु देखेर
माउको संकल्पमा कति उचाइको उठ्ला आँधी ?
यस्तै अनुत्तरित प्रश्नका साथ
तत्तातो इतिहासका पानामा पाइने
दरिद्रता र बिबसताका कथाहरु
सविकझैँ ऐजन ऐजन बन्ने घण्टी बजिरहेछ ।
झरना,चरा र बुद्धहरुको जनवादी अभियान बिर्सिएर
पुरानो कलमको कालो मसी
पोत्ने मौका पर्खिरहेछ, साविककै इतिहासको अध्याय
जबकी
बिडम्बनाका निम्नलिखित अक्षरहरु पढेर धेरै पुस्ता फटायो यो माटोले
खडेरीले चप्लक्कै भिजाएको बस्तिमा
काकाकुलहरु कुर्लिरहन्थे
मात्र ढुङ्गामा पानी माग्दै
भ्यागुताहरु पोइल गइरहन्थे पानी पर्ने नाममा
मौसमको दादागिरी छट्पटाउदै सहिरहन्थे
सुकेको तलाउका माछाहरु
कोइलीजस्तै अनुहारका कागहरु
गाइरहन्थे, जवानिका उद्बेगहरु
गुलाफहरु फुलाइरहन्थे
काडाजस्तै प्रेमका फुलहरु
पान्डित्य अलाप्नेहरु सरापिरहन्थे मनमनै
धर्मग्रन्थका पानाहरुलाई
प्राडा उत्पादनका भट्टीहरु
मात्र नाता केलाइरहन्थे कार्लमार्क्स र ने मुनिको
"बिगौतिको ब्यग्रतामा बैँस गुमाएका बबुराहरुकै हातबाट
बाच्छि देशको अन्तिम संस्कार सकियो ।"
आगतको कुनै गोधुली साझ
कुनै कविको कल्पनामा नआवोस
नवनिर्मित इतिहासको नाममा यस्तो कविता
कुनै चर्को कवि सम्मेलनमा नचर्कियोस कविता
भक्कानो छोडेर ।
हामी अक्सिजनको प्यासमा छौ ।
बरु
खुल्ने छन् बिम्बहरु
इन्द्रेणी बोकेर कोसेली संसारभ्रमणमा निस्केका बुद्धक कथा
चिर्विर चरीले गाएको सयौथुङा फुलका हामी एउटै माला नेपाली
अनि इन्द्रेणी जन्माउन लिवाङहरुले पठाएको रगतको रङ र
पौरखी पाखुरा
इमान र मानवताको आकाशिलो अर्थ
तब
भेटिनेछ,
इतिहासको नयाँ संस्करणमा
सगरमाथाको शिर जतिकै समृद्धिको उचाइमा
ढकमक्क फुलेका यो माटोका फुलहरु ।
If you have any Interesting story, then share with us. Register Here
Pageutter is the platform that allows users to express their views, ideas, and thoughts. It is only the place to express or share individual thoughts and passion with words. Pageutter is a stage for every individual from the professional writers t...
Read MoreBy accessing this web site, you are agreeing to be bound by these web site Terms and Conditions of Use, all applicable laws and regulations, and agree that you are responsible for compliance with any applicable local laws. If users do not agree wi...
Read More
Leave a Comment Login