Likes: 0
प्रिय सहनशिला,
कसरी सम्बोधन गरौ? तिम्रो प्रेम अनि त्याग लाई, परदेशको कुनाबाट
अनि तिम्रो जिज्ञासा र प्रश्नको उत्तर? तैपनि साहस जगाउदै छु . यो पत्र किन भिजेको छ?भनि प्रश्न नगर्नु ल | बुझेउ होला त्यहि पसिनाले तर यसचोटी आँसु पनि मिसिएछ थाहै नपाई | म एकछिन सोच्न अनि मेरो बोलि बन्द भएछ/ आशा र विश्वासको बिद्यालय भर्ना सम्बन्धमा तिम्रो जिज्ञासाले/ तातो वालुवाको तापले भन्दा पनि तिम्रो प्रश्नले गर्मी बढेछ
सम्झ यो पत्र आँसुले लेख्दैछु, अनि हाम्रो भविष्यको भाग्य पसिनाले लेख्दैछु | तिम्रो नाम कसले जुरायो, त्यो त थाहा छैन, तर पनि समुन्द्र झैँ शान्त, सुशील अनि सहनशील कि खानी सहनशीला, सहि छ सहि | पल पलको छाल अनि सुनामी पनि समाल्ने खै कुन् शब्दले पुकारौ |तिम्रो जीवन पनि त्यो भन्दा कम छैन/ तै भएर आफुलाई गर्व गर्छु, सम्बन्धका त्रिवेणीको बिचको ढुंगा हौ | सन्तुलनमा छौ सहनशीला | अक्कर पहाड कि शिला अडिग, स्थिर र गम्भीर छौ, सहनशीला |
भविष्यको जग खन्न तिम्रो चिन्ता र सोच कति महान छ? भन्छन् बत्तीको पींधमा अँध्यारो हुन्छ/ तर यो उखान भन्दा ठिक विपरित छौ/ परदेशी मलाई त काम र दाम मै व्यस्त भएछु/ आशा र विश्वासको भविष्य भन्दा ठुलो के नै पो छ होला? शैक्षिकसत्र शुरु पो भएछ! नेपालमा दिन र रात हुन्छ होला, तर यहाँ त अन्धकार छ संधै/ परिवारको सम्झनाले मुटु पोल्छ अनि आँखाबाट भेल बग्छ साथै चाँडो फर्किने आशमा कर्म गरो शरीरबाट पसिनाको बाढी आउछ/
तिमीलाई थाहा छैन होला खाडी मुलुकमा आर्थिक मन्दी छ/ धेरै कम्पनी बन्द भए केहि बन्द हुने क्रममा छन्/ धेरै मजदुर फर्किसके, कोहि अलपत्र छन् अनि हामी अनिश्चित छौं, हाम्रो भविष्य के हुने होला? साहुको ऋण तिर्न पाए पनि ढुक्क हुन्थियो होला/ तिरी सकेपछि दुई चार पैसा घर पठाउन पाए पनि छोराछोरीलाई एकछाक मिठो खान र एकजोर नाना किन्दिन पाए अनि उनीहरुको नयाँ नाना सहितको फोटो हेर्न पाए पनि शितल हुन्थियो होला/ फेरि उनीहरु गीत गाउदै नाचेको भिडियो हेरिरहन पाए नजिक छु भन्ने महसुस हुन्थियो होला:
बाबाले परदेशबाट ल्याएको नाना
राम्रो छ कि छैन, लौ साथी भन
यति- यति पानी घगे रानी
यहि लुगा लाएर सानी
हामी दिदि भाई स्कुल जानी
यति- यति पानी घगे रानी
ओहो! यो रहर र खुशी हरेक अभिभावकको सपना हो/ तर सपना साकार हुने या अन्धकारमा रुम्मलिने खाडी मुलुकमा भर पर्नुछ अनि आश र त्रासका साथ पल पल जिउदो लाश भै मर्नुछ/
ए सांची! हाम्रो नेपालमा सरकारी र निजी बिद्यालय छन् | कस्तो छ सरकारी विद्यालयको स्थिति?२ – ४ वटा त राम्रै छन् भनेको सुनेको छु/ फेरियहाँ साथीहरु त भन्छन् सरकारी विद्यालयमा त नपढाउनु | पहिले जस्तै छ विद्यालय कि परिवर्तन भयो?कोर्स पुराहुदैन रे नि?विद्यालयमा कतिको राजनीति हुन्छ? शिक्षकहरु राजनीति पार्टीको झन्डा बोकेर कतिको भोट माग्न आउँछन्? अनि फेसबुकमा आफ्नो नेताको गुनगान गाउदै स्टाटस र कमेन्टहरु हालेको देख्छु/ सुध्रेकी सुध्रेनन?
त्यति बेला मैले पनिलहै-लहैमा संगठनको झण्डा बोक्न भ्याए, दुश्मन पार्टीसंग झगडा गरियो र टाएर बाल्न पनि पाइयो/ खुब मज्जा आउथ्यो/मैले पनि त्यहि संस्कार सिके पढ्न भन्दा राजनीति पार्टीको झन्डा बोकेको फल आज खाडी मुलूकमा भारी बोक्दै छु, त्यो भन्दा भारी परिवार छोड्नुको पीडा र दुख/ केहि साथी मन्त्री पनि भए तर सोच उही ढुंगा हान्ने, टाएर बाल्ने र नेपाल बन्द गर्ने भन्दा माथी भएन/किनकी संस्कार गलत थियो र समय अनुसार परिवर्तन भएनन्/ अन्ततः विडम्बना देश गरिव भयो र हाम्रो भविष्य अन्धकार भयो/
कतै तिम्रो सोच छोराछोरीलाई बोर्डिंग पढाउने त छैन? फेरि निजी विद्यालय त महँगो होला? श्वास फेरेको फिस पनि तीर भन्छन् रे! साथीहरुले भनेको मेरो तलव त छोरो पढाउदै जान्छ रे/ के के फिस तिर्नु पर्छ अनि कति लाग्छ? अलि डिस्काउन्ट गर्न मिल्छ भने सोर्स र फोर्स पनि लाउने हो कि? यहाँ त अंग्रेजी नबोल्ने त अन्धो हुनेरहेछ/ फिलिपिन्सका साथीहरु आठ कक्षा पढेको जति पनि हामी शीपमा दक्ष छैनौं/ हाम्रो शिक्षाको उद्देश्य अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने भन्ने त कागजमा मात्र रहेछ/त्यसैले बोर्डिंगमाकेहि नभए पनि अंग्रेजी त बोल्छ, पढ्न सक्छ/ पुगेन भने खेत र सुन गहनाहरु बेच्ने कि बन्दकी राख्ने आफैं निर्णय गर/ यहाँको भर नपर/ आर्थिक मन्दी छ/
याद छ नि कलेज पढदा तिमी र मेरो पनि त जुलुशमा पहिले नजर जुधेको अनि संगै भाषण गर्दा नेपाल बनाउने सपना देखेको | संगै कति ढुंगा हानेउ, जलायौ, भत्कायौ र पुलिसलाई पराइ शत्रु ठानी ज्यादती गरेउ| त्यसको प्रतिफल घर त बनो,तर देश बनेन/ किनकि हामी गलत रहेछौ/ देश बन्न त काम पो गर्नु पर्ने रहेछ | राज्यप्रणाली जे भए पनि समृद्ध देश बनाउन, कुरा बजाउनु भन्दा चुरा बजाउनु पर्ने रहेछ/ यहाँ आएर पो थाहा भयो |
सानोमा डाक्टर, इन्जिनियर बन्ने सपना देखियो, युवामा आफूलाई बिर्सेर देश बनाउने सपना देखियो दुवै फेल खायो/ अब हामीलाई समयले एउटा अवसर छोडेको छ भविष्य बनाउने/ आशा र विश्वासको भविष्य, हाम्रो आँखाले देख्ने क्षितिज - आशा र विश्वास |संस्कार सबै भन्दा ठूलो रहेछ कम्तीमा आशालाई सरकारी विद्यालयमा भर्ना गरौ कि विद्यालय सुध्रिने आशमा, बोर्डिंगमा विश्वास लाई पढाउ है सबैको बिश्वास छ रे किनकी समाज र देखाशेखी गर्नै परो |
तिम्रो नजरको पलपलको झलक
सन्जोग कार्की
बेनीबजार, म्याग्दी
If you have any Interesting story, then share with us. Register Here
Pageutter is the platform that allows users to express their views, ideas, and thoughts. It is only the place to express or share individual thoughts and passion with words. Pageutter is a stage for every individual from the professional writers t...
Read MoreBy accessing this web site, you are agreeing to be bound by these web site Terms and Conditions of Use, all applicable laws and regulations, and agree that you are responsible for compliance with any applicable local laws. If users do not agree wi...
Read More
Leave a Comment Login