धुम्रपान नगरौ 

Category Type: Article,   Jun 15, 2018   Ashish Khaniya (Views: 836)

Likes: 0

नमस्कार ,मेरो नाम चुरोट हो | अंग्रेजका दाजुभाईले मलाई सिगरेट पनि भन्छन | मेरो आमाको नाम पनि चुरोट ,बाको नाम पनि चुरोट र दाजुबहिनीको नाम पनि चुरोट नै हो | मेरो नाम कुन युगको कुन दिनमा राखियो ,त्यो म ठोकुवा नै गरेर भन्न सक्दिन | तर मेरो ईतिहास मानब सभ्यता जत्तिकै पुरानो छ |मेरो लिंग के हो ,गोत्र के हो ,राशि के हो ,मलाई थाहा छैन | मानिसहरुलाई सायद समाज बिस्तार र आर्थिक क्रान्ति गर्दा गर्दै मेरो लिंग छुट्टाउने फुर्सद नै भएन | मेरो जन्मघर factory हो ,मामाघर थाहा छैन ,सायद सर्बिया हुनुपर्छ |सायद सर्बिया हुनुपर्छ ,त्यहा म अत्याधिक रुचाईन्छु अरे | अझ नातावादको जालोमा बाधिएर प्रसंग कोट्टाउने हो भने धुवा आउने जति सबै मेरा बुबा पट्टिका आफन्त हुन् र धुवा नआउने सबै नसाजन्य सामाग्री मेरो मावलीपट्टिका आफन्त पर्छन | म नेपालमा छु | यहाका मानिस मप्रति निकै उदार भावना राख्छन | यो मलाई उनीहरुको सबैभन्दा मनपर्ने बानी हो | हरेक प्रकारका मानिसहरुको स्पर्श मैले महसुस गरेको छु | स साना बच्चाहरुले मलाई ओठमा च्यापेर अनौठो प्रकारले मेरो अस्तु उडाएको देख्दा मलाई बडो रमाईलो लाग्छ |सामान्य झुपडीमा बस्ने धनबहादुर धनकुमारी देखि लिएर महलमा बस्ने मनकुमार मनकुमारीसम्मलाई मैले व्यक्तिगत रुपमा भेटेको  छु । मलाई उपयोग गर्ने मानिस जानी नजानी मृत्युको पुजा गर्छन । मृत्यु मेरो सबैभन्दा आत्मीय मित्र हो मेरो मित्रले मलाई बारम्बार गर्व गर्दै भनिरहनुहुन्छ , तिमि छौ र त म अझ फैलिन पाएको छु ।मृत्यु र मैले मानिसमा ५० , ५० प्रतिशतको सेयर हालेका छौ ।मृत्युले कहिलेकाही मसंग गुनासो गर्छ ।जीवनको पुजा गर्ने मानिसले मेरो मन्दिर चाहि किन नबनाएका होलान ? , जहा मेरो कामको पनि तारिफ होस र मुल्यांकन पनि होस । मलाई उसको सपना एकदिन साकार हुन्छजस्तो आसा लागेको छ । 

मानिसको शरीर बिभिन्न तत्वहरु मिलेर बनेको छ । साह्रो ,गिलो ,चिसो तातो मिलाएर खानुपर्छ । भन्छन मानिसको शरीर मरेपनि आत्मा कहिल्यै मर्दैन ।मेरो आत्मा पनि अभिनाशी छ जस्तो लाग्छ ।मेरो आत्मा भनेकै निकोटिन हो ।मेरो जन्मघर factory भएतापनि कर्मघर मानिसको फोक्सो हो । फोक्सोमा म आफ्नो कम्पनी संचालन गर्छु र मृत्युलाई समय समयमा खबर पठाईरहन्छु । तर मानिसहरुलाई मेरो सानो भन्दा सानो कामको पनि पत्तो दिन्न । उनीहरु कहिलेकाहि कफ निकालेर खोक्छन ,रन्थनिन्छ्न र एकछिन सोचमाग्न हुन्छन ।  म त्यहीबेला उनीहरुको शरीरमा तलतलको काउकुती लगाईदिन्छु । संसारका कुनैपनि सन्धि नियम कानुनहरु मेरो प्रयोगकर्तालाई लागु होला ,मलाई लागु हुदैन ।मेरा हाँगाहरु हरेक देशमा फैलिएका छन । बिभिन्न देशका सरकारले हरेक बर्ष मेरो प्रयोगका कारण मृत्यु हुने मानिसको तथ्यांक निकाल्छ , मेरो प्रयोग रोक्न बिभिन्न बिज्ञापन पनि बनाउछ । बिश्व स्वास्थ संगठनद्वारा world tobacco day अर्थात बिश्व धुम्रपान दिवस पनि मनाउछ ,तर मेरो प्रयोगकर्तालाई यो कुराले केहि फरक पार्दैन , मैले  शक्ति र बुझ्ने क्षमता सोहिअनुरुप बिकास गरिदिएको छु । बर्षौ सम्म मेरो मानिससंग पनि म भावनात्मक रुपमा नजिक हुन् चाहादिन । मृत्युले मेरो यो कलालाई स्याबासी दिन्छ ,मलाई खुब आनन्द लाग्छ । मेरो प्रयोगको  बर्षेनी करिब ७० लाखभन्दा बढी मानिस मेरो प्रिय मित्र मृत्युसंग नजिकिन पुगेका छन ।  कहिलेकाही उनीहरुका आफन्त बिलौना गर्दा मलाई नरमाईलो लाग्छ , तर म मृत्युको बिजयी अनुहार देखेर सबथोक भूलिदिन्छु ।

मैले मृत्युको जस्तो साहित्य नजानेपनि थुप्रै मानिसका अधुरा कथा पढेको छु देखेको छु । मलाई  सेवन गर्न उत्सुक बच्चाका कथा , क्याफेमा मस्तसंग प्रेमका गफ चुट्दै मलाई तानिरहेका युवायुवतीका कथा , मृत्युको पर्खाईमा जिन्दगीको कुरुवा  बसिरहेका बृद्दबृद्दाका कथाहरु । मेरो प्रतीक्षा र प्रयोगमा ब्याकुल हुने मानिसहरु संग पनि म भावनात्मक रुपमा आत्मीय हुन सकेको  छैन । मैले एकपटक मलाई सल्काउदै गरेको जवानसंग मौन संवाद गर्ने प्रयास गरेको थिए र सोधेको थिए , साथी तिमि मलाई कस्तो लाग्छ ? , उ केहि नबोली  मलाई एक्कासी जमिनमा फालेर मुताका छिटाले रुझाएर हिडेको थियो । कहिलेकाही राजनीतीक तहका नेताहरु प्राईभेट रुममा बसेर  उडाउदै राजनीतीक गफ गर्छन , माक्सबाद , लेनिनबाद , समाजबाद , पुजीबादका कुरा गर्छन ,होहल्ला गर्छन । मैले उनीहरुबाट पनि  राजनीतीका केहि पाठ सिकेको छु । मानिसको जीवनमा पनि मेरो राजनीती चल्छ भन्नेमा म बिश्वास गर्छु ।  म आफुलाई साम्यवादी भन्न रुचाउछु । मेरो असर सबैमा समान छ । तल्लो स्तरको मजदुर र माथिल्लो स्तरको धनीमानी भनेर म सोच्दिन । हरेक बर्गको ओठमा पुगेपछि सल्कनु मेरो धर्म हो , निभ्नु मेरो बाध्यता हो र फोक्सोसम्म पुग्नु मेरो अन्तिम लक्ष्य हो । जनस्तरमा मेरो जति पहुच अरु कसैको पनि छैन । आफुलाई शिक्षित ,चेतनशील, सर्वगुणी ठान्ने मान्छेहरु पनि मेरो गुण र अबगुणको अज्ञानतामा मलाई सल्काईरहेको देख्दा म मौन हासो हासिदिन्छु । मेरो नास्तिकहरु अत्यन्तै सिमित मात्रामा छन ।

भन्छन , घमण्डी र बिधंसकारी गुण हुने बस्तुको छिट्टै अस्तित्व बिलिन हुन्छ ।  तर थाहा छ ? , म एकछिनमात्र पनि मानिसको साथमा रहिन भने उनीहरुको अनुहार मलिन हुन्छ । म हरेक देशका शक्तिशाली पदमा  बसेका नेताहरुलाई छाती ठोकेर भन्न सक्छु , हो म खराब छु ,साच्चिकै खराब छु , म मानिसहरुको लागि मृत्युको बहान हु , मैले तिमीहरुको थुप्रै मानिसालाई मृत्युको मुखमा धकेलेको छु । कति बर्ष लिन्छौ ? , म दिन तयार छु , मेरो अस्तित्व यो संसारबाटै गायब बनाएर देखाउनु । सम्पूर्ण मानब जातीलाई यो मेरो  भयो , सक्छौभने मेरो प्रयोग नगरिकन बाचेर देखाउनु । तिमीहरु लाचार हौ , हुतिहारा हौ । मैले जे भनेपनि मानिसलाई फरक पर्नेवाला छैन । मलाई थाहा छ , यो चुनौती त्यति सहजै स्वीकार गर्नसक्ने मुटु कुनै मानब जातीको छैन । किनकि त्यो सोच , त्यो उत्साह र त्यो साहसको उर्बर भूमिमा म रसायन मल बनेर फैलिसकेको छु । तिमीहरुले मेरो प्रयोगलाई आनन्द प्राप्तिको रुपमा उपयोग गरिरहेका छौ ,  यौन जस्तै जीवनको परिपुरक सम्झिएका छौ । मलाई आसा छ , अब गास बास , कपास र सहबास जस्तै मेरो नाम पनि आधारभुत आवश्यकताको सुचिमा थपिनेछ । 

आज म बोलेको छु । त्यहि चुरोट हु म , जो बर्षौ बर्ष देखि मौन भएर हजारौ खुसीका भित्ताहरुमा निराशता र बियोगताका रंगहरु पोतिदिएको थिए र आजपनि छु ।हिजोजस्तै आजको  समयपनि  मेरोलागि मुल्यवान र उपयोगी छ । मुल्यांकनको तराजुमा जीवन र मृत्युलाई जोख्दा म तटस्थ बसेभने जित जीवनको सन्तुष्टिको हुनेछ या मृत्युको आकांक्षाको ,त्यो भनी हेर्न बाकी छ । 

If you have any Interesting story, then share with us. Register Here

Leave a Comment Login


About Us

Pageutter is the platform that allows users to express their views, ideas, and thoughts. It is only the place to express or share individual thoughts and passion with words. Pageutter is a stage for every individual from the professional writers t...

Read More

Terms and Conditions

By accessing this web site, you are agreeing to be bound by these web site Terms and Conditions of Use, all applicable laws and regulations, and agree that you are responsible for compliance with any applicable local laws. If users do not agree wi...

Read More