रक्तदान

Category Type: Article,   Jun 21, 2018   Dadhiram Khatiwadada (Views: 833)

Likes: 0

सामान्यतया रक्तदान भन्नाले कुनै पनि मानिसको स्वच्छाले आफ्नो रगत दान गर्नुलाइ जनाउदछ । रगतले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, रोगसंग लड्ने एन्टिबाइटिकसंगै कार्बनडाइअक्साइड, युरियाजस्ता बिकार ओसारपसार गर्छ । रगतको रातो रक्तकोणले अक्सिजन कार्बनडाइअक्साइड यताउता गर्न, श्वेत रक्तकोणले रोगसंग लड्न र प्लेटलेट्सले रगत जमाउने कार्य गर्छ । शारीरिक तौलको ७ प्रतिशत भाग रगत हुन्छ भने त्यसमध्ये ६० प्रतिशत भागमा प्लाज्मा (९० प्रतिशत पानी र १० प्रतिशत पोषक तत्व) रहेको हुन्छ । रगतको बाकी ४० प्रतिशत भागमा भने ठोस पदार्थहरू रातो रक्तकण, श्वेत रक्तकण र प्लेटलेट्स हुन्छन ।  

हामीले ब्यापक रूपमा सुन्ने गरेका छौं, 'रक्तदान जीवनदान' ।  रक्तदान गर्नु पुण्यको काम हो । किनभने हामीले दिएको रगतबाट कसैले नया जीवन पाउँछ । रक्तदान गर्नाले अन्य व्यक्तिको जीवनमात्र बच्दैन, रक्तदान गर्ने व्यक्तिको शरीर समेत स्वस्थ रहन्छ । साधारणतया एउटा व्यक्तिको शरीरमा छ लिटर (करिब दश युनिट) रगत उत्पादन हुने गर्दछ । जबकी रक्तदानको समयमा भने एक युनिट अर्थात ४ सय ७० मिलिमिटर रगत मात्र निकालिने गरिन्छ । त्यो भनेको शरीरमा भएको सबै रगतको १२ देखि १४ प्रतिशत मात्र भएकाले रक्तदानका क्रममा त्यसरी रगत निकाल्दा व्यक्तिलाई भने कुनै हानी गर्दैन । किनभने एउटा व्यक्तिको शरीरमा रगत निर्माण भएको १ सय २० दिन भित्र उक्त रगत स्वत नष्ट हुने गर्छ । जबकी सोही रगत अरुलाई दान गर्दा व्यक्तिको शरीरमा छिटो छिटो रगतको उत्पादन हुने गर्दछ । त्यसैले स्वस्थ ब्यक्तिले हरेक ३/३ महिनामा रक्तदान गर्न सक्छन ।

जब व्यक्तिले रक्तदान गर्छ, तब व्यक्तिको मिर्गौलामा रहेको पेरीट्युबुलर सेलले शरीरमा अक्सिजन कम भएको महसुस गर्न थाल्छ । जसका कारण मिर्गौलाले एरिथ्रोपेटिन नामको प्रोटिन सेक्रेट गर्न थाल्छ । उक्त प्रोटिन रगतमार्फत बोनम्यारोसम्म पुग्छ । र बोनम्यारोले तुरुन्तै रातो रक्तकोषिका निर्माण गर्न सुरु गर्न थाल्छ । एउटा बोनम्यारोले एक सेकेन्डमा एकदेखि दुई मिलियन रातो रक्तकोषिका निर्माण गर्ने हुँदा रक्तदान गरेको २४ घण्टाभित्रै एउटा व्यक्तिको शरीरमा पुन: निर्माण भैसक्छ । र, व्यक्ति पुरानै अवस्थामा फर्किसकेको हुन्छ ।

कुनै पनि बेला जो कोहिलाइ रगत चाहिन सक्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाइ बचाउने बैकल्पिक उपाय भनेकै रक्तदान हो, रगतको उल्लेखनिय महत्व छ । नेपालमा बर्रषेनी करिब ३ लाख युनिट रगतको आवश्यकता पर्छ तर जहिले पनि अभाबको समाचार आइरहेका हुन्छन । बिशेष गरी अधिक रक्तश्रावका बिरामी, प्रसुति, मुटु, मष्तिष्कको शल्यक्रिया, दुर्घटनामा परेका बिरामीहरूलाइ रगत अनिवार्य हुन्छ भने अन्य रोगका लागि पनि तारन्तार रगत चाहिरन्छ । जटिल प्रकृतिका शल्यक्रिया दिनानुदिन बढिरहेको हाम्रो नेपालमा रगतको अभाब हुदा शल्यक्रिया नै समयमा हुन नसक्ने स्थिति बिकराल छ । अत्याधिक बढ्ने गरेको सडक दुर्घटना, बाढी, पहिरो, भुकम्प जस्ता घटनाहरूका साथै अबिछिन्न गर्भधारण, गर्भपतन पहिलाको तुलनामा बढेकाले रगतको माग अत्याधिक छ ।

मानव स्वास्थ्यका लागि रगतलाई जति महत्वका साथ हेरिएको छ सोही अनुसार नेपाल सरकार र सम्बन्धित निकायको ध्यान जान सकेको छैन । केही तथ्यांकलाई विश्लेषण गर्ने हो भने नेपालमा रगतको मागअनुसार आपूर्ति हुन नसकेको देखिन्छ । रगत अभावकै कारण बिरामीको मृत्यु भएको खबर सार्वजनिक नभए पनि दुरदराज र ग्रामीण क्षेत्रमा रगत अभावमा नै मुत्यु हुने बिरामीको संख्या धेरै छ । रक्तदानसम्बन्धी जानकारी नहुँदा कतिपयले चाहेर पनि रक्तदान गर्न पाएका छैन्न । कतिपयले भने कयौं पटक रक्तदान गरेर सामाजिक रूपमा उच्च छबि बनाएका पनि छन् ।

आजको आधुनिक चिकित्सा विज्ञानले विश्वमा धेरै प्रगति हासिल गरेता पनि कृत्रिम तरिकाले रगत उत्पादन गर्ने प्रबिधि फेला पारेको छैन । त्यसकारण कसैलाइ रगत चाहिएको बेला अर्को ब्यक्तिले रक्तदान गर्नु एकमात्र बिकल्प छ । मानब शरिरमा पुरानो रगतको क्षय प्रक्रिया लगातार चलिरहने हुनाले त्यसै नष्ट भएर खेर जाने रगत नियमित रूपमा दान गर्दा फाइदाजनक हुन्छ । अहिले बिभिन्न सामाजिक संघसंस्थाहरूले बृहत रक्तदान कार्यक्रम तथा जनचेतनामुलक अभियानहरू सन्चान गरी रगत संकलन कार्यलाइ प्रभाबकारी बनाउन सकारात्मक प्रयास पनि गरिरहेको देखिन्छ ।  

१८ वर्षभन्दा कम उमेर तथा ६० वर्षभन्दा बढी उमेर भएमा, महिलाहरुमा महिनावारी, गर्भवती वा व्लड प्रेसर कम भएमा, बारम्बार रिङ्गटा लाग्ने, चक्कर लाग्ने बेहोस हुने समस्या भएमा रगत दान गर्नु हुँदैन । यसैगरी उच्च रक्तचाप, मधुमेह लगायतको दीर्घकालीन रोग भएमा कुनै गम्भीर समस्या भएमा, कालाज्वर, डेंगु, हेपाटाइटिस बी लगायतका सरुवा रोगको संक्रमण, टाइफाइड, जण्डिस, सामान्य ज्वरो लगायतको संक्रमण भएमा, कुनै कारणले एन्टीबायोटिक्सको सेवन गरेमा, मुटुको भल्भको शल्यक्रिया गरेमा, व्यक्तिको तौल ४५ केजीभन्दा माथि छ तर पनि रगत चाप घटबढ भएमा, धुमपान तथा मदिरापान गरेमा पनि कम्तीमा २४ घण्टा रक्तदान गर्नु उचित हुदैन ।

“रक्तदान गरी पुण्य कमाऔ”

If you have any Interesting story, then share with us. Register Here

Leave a Comment Login


About Us

Pageutter is the platform that allows users to express their views, ideas, and thoughts. It is only the place to express or share individual thoughts and passion with words. Pageutter is a stage for every individual from the professional writers t...

Read More

Terms and Conditions

By accessing this web site, you are agreeing to be bound by these web site Terms and Conditions of Use, all applicable laws and regulations, and agree that you are responsible for compliance with any applicable local laws. If users do not agree wi...

Read More