A Sweet Misunderstanding

Category Type: love,   Aug 26, 2018   Alien (एलियन) (Views: 890)

Likes: 1

भन्ने ले ठिकै भनेका रहेछन, यो संसार आकर्षण कै सिद्दान्त मा चलेको छ - त्यसैले प्रतिपादन नै गरे Law of Attraction

आकर्षण बाटै सुरु भयो मेरो यो किस्सा पनि । भक्तपुर ५५ झ्याले दरबार सामु को पाटि मा बसी गर्मि छल्न को लागि म कोल्ड कफी पिउदै थिएँ । टपक्कै शरीर मा टास्सिने ग्रे ट्राउजर अनि सेतो टिसर्ट को मनमोहक भेस मा उनको उपस्थिति भएको थियो । कालो सनग्लास ले उनको सुन्दरता अझ बढाएको थियो । हेर्दै मा लोभ लाग्दी थिई उनको भेस्भुषा अनि उनको सुन्दरता । नाम के होला यस्ती लोभ लाग्दी सुन्दरी को, मन मा खुलड़ुलिपन मच्चिरह्यो ।


उनि सिधै आएर त्यहि लस्कर मा मेरो छेवै मा बसिन् । मैले उनि बाट नजर मोड्न सकिरहेको थिएन । केहि मिनेट मा उनको फोन बज्यो, सन्जोग कस्तो ...उनको फोन को कभर मा उनको नाम लेखिएको रहेछ - कनिस्था । 
माथी फर्किए अनि धन्यवाद ज्ञापन गरें 'उपरवाले' लाइ यो हिन्ट का निमित्त।


सायद उता बाट सोधियो, कहा छौ?
उनले जवाफ दिईन - "हामी भक्तपुर पुगिसक्यौं । हजुर छिट्टो आउनु न "।


"हामी?", उनि एक्लै थिईन मेरो सामु । को साथ् मा छन् त उनको? मन मा कौतुहल जाग्यो, मन मनै प्रार्थना गरें - "बोइफ़्रेन चाहिं नभैदेओस प्रभु" ।
फेरी सोचें, के नाता हुन सक्ला यिनले छिट्टो आउन आग्रह गरिरहेकी व्यक्ति, कतै ऊ पो हो कि यिनको बोइफ़्रेन । फेरी 'उपरवाला' लाइ नै सम्झिएँ - "यो, त्यो, ऊ फलाना ढिस्काना जो सुकै होउन, तर यिनी गर्जियस चाहि सिंगल होस्" ।


म बहाना खोजिरहेको थिएँ उनि संग बोल्न का निमित्त । समय सोधौं कि भनि सोचे, हात हात मा मोबाइल हुने जमाना मा कसले समय सोध्छ? प्रशंशा गर्ने बहाना ले बोलु कि भन्ने पनि सोचे, प्रशंशा त साचो नै निस्किन्थ्यो यिनको तर कसरी सुरु गर्ने मेलो मेसो पाइन, हिम्मत जुटाउनै सकिन । एकै क्षन मा एउटा निर्क्यौल निकालें - 'उपरवाले' ले दिएको हिन्ट, उनको नाम को उपयोग गरेर बोलिदिन्छु । 


उनको छेउ मा गएँ, उनले पुलुक्क मलाइ हेरिन ।
मैले मुस्कुराउदै भनें, "हाइ" ।
उनले संकोचित लवज मा जवाफ फर्काइन - "हाइ "
मैले उनि तिर मेरो चोर औला तेर्स्याउदै भनें - "म सायद तिमीलाई चिन्दछु, अघि देखि म तिमीलाई नै हेरिरहेको थिएँ । उम् ... कनिस्था, राइट?"
उनले आफ्नो आँखिभौ उठाउदै सोधिन, "तपाइँ को हो र? आइ मिन, मलाइ कसरी चिन्नु हुन्छ ?"


उनको कुरा ले लाग्यो कि उनि बेखबर छिन मैले उनको फोन कभर मा देखेको नाम को बारे मा । आफु थोरै सफल रहेको महसूस गरें अनि कुरा लाइ अघि बढाउने निधो गरें ।
"कसरी चिने त्यो त्यत्ति जरुरि छैन, बस म तिमीलाई चिन्दछु अनि म तिमि संग रिसाएको छु", मैले भनें । मलाइ थाहा थियो, कुरा अघि बधाइराख्नु छ भने उनको कौतुहलता लाइ मर्न दिन हुन्न ।
उनको अपेक्षित जवाफ आयो, "म संग? किन?"
भनें, "तिमीले मलाइ बिना कारण फेसबुक मा ब्लक गरेकी थियौ " ।
"नो वे, म फेसबुक नै चलाउदिन । कसरी ब्लक गर्न सक्छु र", उनि हासिन ।


उनलाई एकछिन अघि मोबाइल मा फेसबुक चलाइरहेकी नै देखेको थिएँ, यसर्थ मेरो टिप्पणी बेअर्थ को हुने वाला थिएन । 
निर्धक्क भै मैले सोधे, "पहिले त येस्ती थिएनौ तिमी, कैले बाट झुटो पनि बोल्न जान्ने भयौ?"
मेरो प्रश्न मा उनि हासिन मात्र ।
एकछिन को हासो पछि उनि बोलिन, "वाई द वे, तपाईं को नाम चाहि के हो नि?"
"ब्लक लिस्ट मा हेर त, त्यहि होला मेरो नाम", मैल जवाफ दिएँ ।
"तपाइँ सियोर हुनुहुन्छ, त्यो मान्छे मै हुँ जो तपाइले सोचिरहनु भएको छ?", उनले सोधिन ।


लय समाइयो, म सफल भैरहेको महसूस गर्दै थिएँ ।
उनको प्रश्न मा मैले जवाफ फर्काएँ, "म गलत हुनै सक्दिन । यो सुन्दर गोरो मुहार, यो सिल्की सुगन्धित बाल अनि ..... (उनको देब्रे आँखा माथी को कोठी नोटिस गरें), यो देब्रे आँखा माथी को तिम्रो कोठी, म गलत हुनै सक्दिन तिमीलाई चिन्ने कुरा मा । बस फोटो हेर्दा कोठी दाया तिर थियो तर रियालिटी मा देब्रे तिर रहेछ । फोटो मा फ्लिप हुन्छ भन्ने नोटिस नै नभाको के " ।
"हँ, त्यस्तो हुन्छ र?", सशंकित आवाज मा उनले सोधिन ।
"हुन्न र?", म आफै कन्फ्युज भएँ । सात्तो लिई मोरी ले ।
"सायद हुन्छ होला, खै मैले पनि नोटिस गरेकी छैन", उनले भनिन । थपिन, "अनि मैले तिमीलाई ब्लक गर्नु को कारण चाहि के थियो? धेरै फ्लर्ट गरेको थियौ म सिट?"
"कारण त म तिमीलाई सोध्ने वाला मा थिएँ, किन ब्लक गरेकी?", मैले सोधें ।
"खै मलाइ याद छैन", उनले जवाफ फर्काइन ।
सोधें , "अनि कहिले फर्किदै छौ नि?"।
"कहाँ?"
"आफ्नै ठाउँ मा, परि को देश मा?"
उनि अट्टहास हासिन ।


त्यतिक्कै मा त्यहाँ अलि मोट्टी, अधबैंशे उमेर कि एक जना नारि को उपस्थित भयो ।
मलाई हेर्दै उनले कनिस्था लाइ सोधिन, "को हो उहा?"
कनिस्था ले केहि भन्नु पुर्व मैले भने, "नमस्ते, म कनिस्था को पुरानो साथी ।"
"कनिस्था को साथी?" उनि एकछिन अलमलीइन ।
कनिस्था ले हास्दै भनिन, "दिदि उसको मतलब ऊ मेरो साथी रे, तर खै मैले त चिनेकै छैन भन्या" ।
"ए त्यसो पो?", उनको दिदि ले जवाफ फर्काइन ।


फेरी कनिस्था को फोन बज्यो, "ए साची अघि पनि भिनाजु को फोन आको थियो, हामी पुगिसक्यो भन्या थिएँ । लाउनुस तपाइँ को फोन, कुरा गर्नुस", उनले फोन दिदि लाइ दिईन । 
"दिदि को फोन?", लौ जा। म रातो पिरो भए । मोरी ले जानी जानी अघि देखि मेरो ढोल बजाउदै रहिछिन । के भन्ने कसो गर्ने केहि सोच्न सकिरहेको थिएन । मोरी यथास्थान मा बसी मलाई हेरी मुसु मुसु हासिरहेकी थिईन । 
फोन राखे पछि उनकी दिदि बोलिन, "अनि जेण्टल्म्यान, कनिस्था को साथी भन्दै हुनुहुथ्यो रे, मैले त तपाइलाइ देखेको पनि छैन त", यति भनेर दुवै जना फेरी जोड ले हास्न थालिन । 
मैले जसलाई कनिस्था सोचेर गफ चुट्दै थिएँ, उनि बडो मज्जा ले मेरो ओइलाएको मुहार हेरी हासिरहेकी थिईन ।
उनि तिर हेरेर मैले भने. "सित्तल भो मन? मज्जा आयो? ल अब तिम्रो असली नाम भन" ।
"कुरी बस, मेरो फोन बजे पछि कभर मा हेर्नु नि, त्यहि होला मेरो नाम पनि", फेरी दुवै जना ले मेरो नाजुक स्थिति प्रति व्यंग्य गर्दै हासिन ।


"ल अब ढिला भो, जुम" उनको दिदि ले जाने निधो गर्दै भनिन । अनि थपिन, "भेटेर खुसि लाग्यो मेरो पुरानो साथी लाइ", अनि हासिन।
सायद मेरो मन चोर्ने मोरी लाइ अब मेरो व्यंग्य गर्न पुगिसकेको थियो, उनि भने हासिनन ।
"बाइ", उनले भनिन ।
"बाइ", मैले पनि भने ।
जादा जादै उनले पछाडी मोडेर मलाइ आवाज दिईन, "सशिता, फेसबुक मा खोज्नु अनि भन्नु मेरो कोठी दाया आँखा माथी छ या बायाँ" । यति भनिसकेर उनि मुस्कुराउदै अघि बढीन ।


उनि गएको हेरिरहे, दरबार स्क्वायर को मुलढोका पुग्दा सम्म उनले मलाइ २ पल्ट फर्केर हेरिन, र मुलढोका बाट निस्किने बेला फेरी एक पल्ट हात उठाई बिदा मागिन ।
 

If you have any Interesting story, then share with us. Register Here

Leave a Comment Login


About Us

Pageutter is the platform that allows users to express their views, ideas, and thoughts. It is only the place to express or share individual thoughts and passion with words. Pageutter is a stage for every individual from the professional writers t...

Read More

Terms and Conditions

By accessing this web site, you are agreeing to be bound by these web site Terms and Conditions of Use, all applicable laws and regulations, and agree that you are responsible for compliance with any applicable local laws. If users do not agree wi...

Read More