Online Love -1

Category Type: love,   Sep 12, 2020   Ganesh Ghatal (Views: 806)

Likes: 0

कथा त उ सुतिसकेपछी सुरु भयो ।
भनिन्छ नि जहाँ केही कुराको अन्त्य हुन्छ त्यहाबाट अर्को कुराको सुरुवात हुन्छ । सायद मैले त्यही बुझे । लाग्छ मेरो ठाउँमा उ भएकी भए नि यहि सोच्थी । त्यही बुझ्थि जुन मैले बुझेँ ।

सायद म अड्कल हैन उसको मन भएर भनिरहेछु कि उसको पनि मेरो जस्तै मन छ । किनकि उसँगको पहिलो कुराबाट नै मैले बुझिसकेजस्तो लाग्छ, उसको मन सायद एउटै हुनुपर्छ मिल्दोजुल्दो मेरोजस्तै !

पहिलोपटक फेसबुक कमेन्टमा देखेको उस्लाइ भेटेको उस्लाइ ! सायद मेरो पहिलो पोस्ट , उसको पहिलो comment को उद्गमस्थल एउटै हुनुपर्छ ।
सुरुवात त भयो अन्त्यको टुंगो थिएन , किनकि म खाली समय रमाइलो गर्ने उद्देश्यले आएको मान्छे । अझै भन्दा घुम्न आएको परदेशिजस्तो !
उसको comment गर्ने तरिका अरुभन्दा छुट्टै , भावपुर्ण र शब्दचयनको वाह वाला रुप हुन्थ्यो । म भने जानिनजानी बोलिरहे केवल comment को अक्षर भएर । बोल्न मन थियो अक्षरले हैन आफ्नो सासले र सुन्न मन गरिरहेथे त्यो आवाज मेरो शरिरका इन्द्रियहरुले ! कस्तो त रहेछ उसको आवाज !
खुल्दुली, सायद कोहि कुरा गर्न सिपालु छ भने उसैको जस्तो स्वर सोच्थे, यस्तै होला उसको पनि । बित्दै गए दिन ढल्दै गए रात । धेरै ठाउँमा पाइरहे केही उसको साथ , केवल facebook group मा मात्र !

एकदिन त्यो पनि आयो जुन कल्पनामा सिमित थियो । खुसि लाग्यो । हामी साथी भैसकेउ अब facebook मा । ।
मैले उसलाइ भने ,
अनि खुसी लागिरहेको छैन मेरो friend list मा बस्न पाउँदा
hahahah नाचिराछु, उसको answer !
अब मेरो पालो! मैले भने,
नाचिराको मात्रै, म भए त खुसिले मरिदिन्थे
उ : ओके छ त मरिदिन्छु ।
अनि म,
तिमिले मैले जे भन्यो त्येही मान्नु , के यो माया हो
उसँग बोल्ने बानिको बिकास उतै comment box बाटै भैसकेको थियो ।
मेरो कुरा serious थियो । अन्तिममा हाहा इमोजि पठाएर जोकमा सिमित राख्थे, मनलाइ बिजोक बनाएर !
फेरि उसको उत्तर आयो ,
uff भनेर
भन्न मन त थियो , साच्चै भनेको तिमिसँग love पर्यो,, तिमी जे सोच्छौ मैले माया गरिसके तिमिलाइ! तिमिलाइ मैले तिम्रो शब्दमा देखेको छुँ । मनले सुनेको छु ।
तर डर थियो मेरो व्यबहारले उसले मलाई हेर्ने दृस्ठिकोण बिगार्नेछ ।
मन सम्हाल्दै त्येही । हाहा इमोजिको साथ मैले भने ,
जोक नै सोच ऐलेलाइ !
उसले के बुझी मैले भन्न खोजेको बुझी कि आफ्नै तरिकाले ।
उसको उत्तर थियो ,
okay छ त !

If you have any Interesting story, then share with us. Register Here

Leave a Comment Login


About Us

Pageutter is the platform that allows users to express their views, ideas, and thoughts. It is only the place to express or share individual thoughts and passion with words. Pageutter is a stage for every individual from the professional writers t...

Read More

Terms and Conditions

By accessing this web site, you are agreeing to be bound by these web site Terms and Conditions of Use, all applicable laws and regulations, and agree that you are responsible for compliance with any applicable local laws. If users do not agree wi...

Read More